Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु


    मंगलबार, असार ३१ २०८२
    4.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जुलाई १३ मा भएको कार दुर्घटनामा परि लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको मृत्यु भएको हो ।

    उनीहरुको घटनास्थलमै मृत्यु भएको लुइसियाना प्रहरीले जनाएको छ । कारमा सवार अन्य २ जना भने घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन ।

    प्रहरीका अनुसार २० वर्षका रोजिनको नेपालको ठेगाना दाङ हो भने २२ वर्षीय राजनको ठेगाना खुलिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार