काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएकाे छ ।
प्रेस युनियनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
जारी विज्ञप्तीमा भनिएकाे छ ‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।
नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ । इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्कयाउने कार्य यहि बर्बराहट मात्र हो भन्ने युनियनको बुझाई छ ।’
यस्ताे छ विज्ञप्ती
मितिः २०७७ माघ १५
प्रेस विज्ञप्ति
पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ ।
इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्कयाउने कार्य यहि बर्बराहट मात्र हो भन्ने युनियनको बुझाई छ । सांसद अपहरण लगायत विगतमा विभिन्न विवादित कार्यमा संलग्न रहि पछिल्लो पटक साइबर सेना गठन गरि फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुष्प्रचार गर्दै आएका बस्नेतका तर्फबाट आएको यो धम्की ओली समूहले आफ्नो आलोचक बनेको संचार माध्यमलाई कसरी हेर्छ र कसरी मुख बन्द गर्न प्रयास गर्छ भन्ने उदाहरण पनि हो ।
लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा छन् । कायरहरुले दिने यस्ता धम्कीको पर्वाह नगरि आफ्नो कर्म जारी राख्न युनियन सबै सम्पादकहरुलाई आग्रह पनि गर्दछ । नेपाल प्रेस युनियन यस्ता धम्किपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित सम्पादकहरु र नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत गराउँछ ।
अन्यथा सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती रहँदै आएको युनियन यस्ता समाज तथा संचारमाध्यम विरोधी हर्कतको प्रतिवाद गर्न सक्षम रहेको यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छ । सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग युनियन जोडदार माग गर्दछ । धन्यवाद ।
अजयबाबु शिवाकोटी
महासचिव
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend