Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छाउगोठ भत्काउन ९ वटै स्थानीय तहलाई कञ्चनपुर प्रशासनको निर्देशन


    सोमबार, असार ३० २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमडौं । कृष्णपुर नगरपालिका–१ निगाली टोलमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ।

    कमला दमाईको सर्पदंशबाट शनिबार राति मृत्यु भएको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ।

    पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।’

    प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार