Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ सामान्य बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, असार ३० २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

    हिजो आइतबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार