काठमाडौं । सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन्। हरिनगर गाउँपालिका–६ घर भएकी १७ वर्षीया अर्जना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ।
भारतको अररिया घर भएका आजात मियाँले साली अर्चनाको गोली हानी हत्या गरेका सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।
घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
१७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए।
घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
हत्यामा संलग्न मियाँ फरार छन्। प्रहरीले उनको खोजी पनि गरिरहेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend