काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । तर काठमाडौं उपत्यकाका धेरै ठाउँमा जुवातास खेल्ने खेलाउने कार्य भइरहेको छ ।
काठमाडौं उपत्यकामा ठाउँ फेरी फेरी जुवा खेलाउँदैआएको राजकुमार अधिकारी‘खरानी’ को गिरोहले पछिल्ला दिनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी निरीक्षकसँग सेटिङ मिलाएर जुवा अखाडा संचालन गर्दैआएको छ ।
खरानीको समूहका दीप लामाले काठमाडौं प्रहरी परिसरका इन्स्पेक्टर वाङ्गेल लामासँग सेटिङ गरी काठमाडौंका बिभिन्न ठाउँमा जुवा खेलाउने गरेका छन् । ठाउँ फेरीफेरी जुवा खेलाउने, पैसावाला जग्गा कारोबारी र ब्यापारीलाई बोलाउने, हारेपछि उतिबेलै जुवा खेल्न रकम मिटरब्याजमा दिने खरानी र दीप लामाको धन्दा बनेको छ ।
जुवा हार्ने ब्यापारीलाई रकम दिएपछि चेक काट्न लगाउने गरिन्छ । जवा खेलाउने, हार्नेलाई मिटरब्याजमा रकम दिने, चेक काट्न लाउने, चेक संकलन गर्ने र परिसरबाट फोन गर्न लाउने कार्य खरानी र दीप लामाले गर्दैआएका छन् ।
चिनजान नै नभएका र कुनै कारोबार समेत नभएका जुवा खेलाउने समूहका खरानीहरुले दिएको चेक दीप लामामार्फत् काठमाडौं परिसरका इन्स्पेक्टर वाङ्गेल लामालाई दिने र उनी मार्फत् प्रहरीबाट फोन गरी चेकको उजुरी परेको छ भनेर तर्साउने गरेको आरोप छ ।
जुवा खेल्ने क्रममा दिएको रकमको चेक काटेर प्रहरीमार्फत् फोन गराउँदै असुली गर्ने नयाँ काइदा खरानी समूहले निकालेको छ । जाहेरी नै नपरे पनि परिसरबाट जुवा अखाडामा दिएको चेकको बारेमा ब्यापारीलाई फोन गर्ने काम हुँदैआएको छ । बाउन्स नभएको चेक प्रहरीले लिनै नमिल्ने र फोन गर्नु त झन् कानुनको दुरुपयोग नै हो । तर बाउन्स नभएको चेकका आधारमा प्रहरीले फोन गर्दै ब्यापारीलाई तर्साउने गरेको आरोप छ ।
जुवा खेल्ने र खेलाउने खरानी समूहमा राजेश श्रेष्ठ, बौद्ध बस्ने दीप लामा, नुवाकोट घर भई बुढानीलकन्ठ –४ बस्ने बस्ने सुजन लामा, स्वयम्भु सीतापाइला बस्ने कमल ज्ञवालीहरु रहेको स्रोत बताउँछ ।
खरानी समूहले ठाउँ परिवर्तन गरी जुवा खेल्ने र खेलाउने जुवा खेलाउने गरेको छ । साँखु, कपन, बुढानीलकन्ठ, स्वयम्भु, गाेंगबु, बौद्ध, जोरपाटी, भक्तपुरका बिभिन्न स्थानमा जुवा खेलाउने खरानीको समूहमा पछिल्ला दिनमा इन्स्पेक्टर वाङ्गेलसँग सेटिङ मिलाएर जुवा खेलाउँदै आएको स्रोत बताउँछ ।
जुवा खेलाउने स्थान बौद्धदेखि साँखुसम्म दीप लामा र राजेश श्रेष्ठ तथा बुनपा क्षेत्रमा सुजन लामा र खरानीले मिलाउने गरेका छन् । प्रहरी निरीक्षक वाङ्गेल लामाको सेटिङमा उपत्यकामा ठाउँ फेरीफेरी जुवा खेलाउँदै आएको खरानी र दीप लामाको समूहले अरु जुवा अखाडाको सूचना दिएर छापा हान्न लगाउने गरेको प्रहरी स्रोत बताउँछ । आफूले खेलाएको जुवा अखाडामा मात्र प्रहरीले छापा नहान्ने ग्यारेन्टी दिएर खरानी समूहले ब्यापारीलाई बोलाउने गरेको छ । मिटरब्याजमा रकम दिएर चेक काट्न लगाई प्रहरीबाट फोन गराउने र असुली भएपछि त्यसको हिस्सा वाङ्गेललाई समेत दिएर यो र्याकेट चलाउँदैआएका छन् । खरानीले लामो समयदेखि काठमाडौं उपत्यकामा जुवा अखाडा संचालन गर्दैआएका छन् ।
को हुन् खरानी ग्याङका राजकुमार अधिकारी ?
खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौं ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । घरमा जुवा खेलाउँदा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दैआएको थियो । खरानी समूहले बाहै्र महिना राजधानीका विभिन्न ठाउँमा जुवा खेलाउँदै आएको छ ।
पिकनिकको आवरणमा जुवा खेलाउने गरेको कुरा पनि ५ बर्षअघि भण्डाफोर भएपछि पुनः ठाउँ सार्दै जुवा अखाडा संचालन गर्दैआएको छ । खरानी २०७६ मंसिर ८ मा धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरमा जुवा खेलाउने क्रममा पक्राउ परेका थिए । तर प्रहरीबाट छुटेपछि पुनः उनले जुवा खेलाउन थाले । काठमाडौंका बृत्त र प्रभागहरू प्रायः सबैमा उनको नाम जुवा खेल्ने र खेलाउने भन्ने छ ।
जुवा खेलाउनु कानुनतः अपराध
जुवा एक अपराध हो । २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend