Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा दोहोरो अङ्कको बुद्धि


    आइतबार, असार २९ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको बुधवारदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    आइतबार नेप्से परिसूचक २९ अङ्क बढेर २७६०.८० विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.१६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।२३ अङ्क बढेको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३११ स्टकको १ लाख ५ हजार ४१५ पटकको कारोबारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार