Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीको इनरूवामा एक दम्पती घरभित्रै मृत भेटिए


    आइतबार, असार २९ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको इनरुवामा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

    सुकदेवको शव अर्ध नग्न अवस्थामा फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा र सवेताको शव ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

    आज (आइतबार) बिहान करिब ९ बजेतिर स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार