Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोका कारण कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध


    आइतबार, असार २९ २०८२
    880
    Shares
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गुल्मी । गुल्मीको कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार माथिबाट खसेको पहिरोले सडक पुरिएको छ । जसका कारण सवारी आवागमन ठप्प भएको छ ।

    बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ । टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले बताए ।

    कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार