Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


    आइतबार, असार २९ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    बेलबारी नगरपालिका-८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।

    स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएको समयमा हात्तीले अमिनालाई आक्रमण गरेको हो । हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार