Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लावतीलाई प्रवक्ताबाट हटाएपछि राप्रपामा झगडा, महामन्त्री शम्शेरलगायत  निर्वाचन आयोग जाँदै


    आइतबार, असार २९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ विवाद देखा परेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टीभित्र असन्तुष्टि देखा परेको हो।

    असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए। यसअघि राप्रपा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी थिए।

    उनले आफू संयोजक घोषणा गर्दा राप्रपाको साधारण सदस्य पनि नरहेको घोषणा गरेका थिए। उक्त अभियानमा राप्रपा प्रवक्ता लावती पनि सक्रिय थिए।

    त्यसैले राप्रपा अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सुवेदीको ठाउँमा अनुशासन समिति अध्यक्षमा कार्कीलाई मनोनीत गरेका थिए। तर अध्यक्ष लिङ्देनको यो निर्णय विधानसम्मत नभएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

    महामन्त्री धवल शम्शेर राणासहितले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भएको उल्लेख गरेका छन्। उनीहरूले शनिबार काठमाडौंमा भेलासमेत गरेका थिए।

    उक्त भेलाले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत रहेको भन्दै निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार