Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ यु-२० च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै


    आइतबार, असार २९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दै छ। खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

    साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई ९-१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।

    दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो। पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार