Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरपालिकाले आज बजेट ल्याउँदै


    आइतबार, असार २९ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउँदै छ। गएको शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगर सभा आह्वान गरिएको छ।

    उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह बालेनले नगर सभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो। लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए। त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो।

    महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ। शुक्रबार नै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार