Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सई सुभाष यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित


    शनिबार, असार २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । मानव ओसारपसार तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय कमैयाका सई (प्रहरी नायव निरीक्षक) सुभाष यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार महिनामा उल्लेखनीय सफलता हासिल गरेका सई यादवलाई Police of the Month  घोषणा गरेको हो । यादवले गत असार २२ गते परालको भुसमा लुकाई ल्याइएको १२ लाख ३० हजार रुपैयाँ बराबरको काजुसहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका थिए ।

    त्यसका साथै, उनले करिब ४ करोड ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली गरी ल्याइएका कबाड, लत्ताकपडा, इलोक्ट्रोनिक सामग्री, सुपारी, औषधि लगायतका सामग्रीहरू लोड गरिएको १० वटा ट्रक नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएका थिए ।

    भारतीय सीमाबाट हुने बालबालिका ओसारपसार, लागूऔषध कारोबार र अन्य आपराधिक क्रियाकलापको नियन्त्रणमा पनि यादवको सक्रियता देखिएको प्रहरीले जनाएको छ । सुराकी संकलन, सूचनाका आधारमा गरिएका कारबाही, तस्करी तथा मानव ओसारपसार नियन्त्रणमा यादवको भुमिका प्रशंसनीय रहेको प्रहरी कार्यालयको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले सई यादवलाई बधाई दिँदै यस्ता कार्यहरूले प्रहरी संगठनप्रतिको जनविश्वास अझ बलियो हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार