काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबारे सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा व्यक्त गरेका छन् ।
चीनको ६ दिने भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका खनालले यो विषयमा पार्टीभित्र प्रश्न उठ्न सक्ने बताए ।
खनालले संविधानअनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको नीतिगत निर्णयमा समेत छानबिन गर्नु जायज भएको धारणा राखे । उनले भने, ‘संविधानबमोजिम गठित अख्तियारले मन्त्रिपरिषद्, प्रादेशिक सरकार वा स्थानीय तहले गरेका निर्णयमा अनियमितता भएमा छानबिन गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री वा विशिष्ट व्यक्तिलाई भ्रष्टाचारजन्य कसुरमा उन्मुक्ति दिन नहुने बताए । ‘कुनै पनि निकायका गलत कार्यलाई छानबिनको दायरा बाहिर राखियो भने राजतन्त्रको आलोचना गर्नुको अर्थ रहँदैन,’ खनालले भने ।
यद्यपि, नेकपा एकीकृत समाजवादी र अध्यक्ष नेपालले अख्तियारले नीतिगत निर्णयमा प्रवेश गरेर भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै विरोध गरिरहेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend