Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • आगामी निर्वाचनमा प्रचण्ड-नेपाल समूहको १० सिट पनि आउँदैन : प्रधानमन्त्री ओली


    बुधबार, माघ १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समूहको १० सिट पनि नआउने दाबी गरेका छन् ।

    बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समूहले १० सिट पनि जित्न नसक्ने दाबी गरे ।

    प्रचण्ड–नेपाल समूह सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए ।

    वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार