काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रोक्न आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
शुक्रवार विज्ञप्ति जारी गर्दै उनले एनपीएलको दोस्रो संस्करण आयोजक संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) मार्फत नियमअनुसार सञ्चालन हुने अपेक्षा रहेको बताए । उनले आफूमाथि प्रतियोगिता रोक्न संलग्न भएको भनी गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे ।
‘एनपीएलको दोस्रो संस्करण क्यानबाट नियमसंगत रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । यसलाई रोक्न मेरो कुनै संलग्नता छैन भन्ने गलत प्रचार गरिएको छ,’ मन्त्री चौधरीले भने । एनपीएलको पहिलो संस्करणको आर्थिक कारोबारलगायतका विषयमा उठेका प्रश्नहरूलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत फागुन १२ गते उजुरी परेको थियो।
उक्त उजुरीको आधारमा मन्त्री चौधरीले दुई दिनपछि मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन कार्यदल गठन गरेका थिए। उनले कार्यदलले असार २५ गते प्रतिवेदन बुझाइसकेको र मन्त्रालयले त्यसको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी दिए ।
यद्यपि, बिहीबार कार्यदलकी संयोजक रञ्जना प्रधानले राजीनामा दिएकी थिइन् । मन्त्री चौधरीले यो विषयलाई अनावश्यक रूपमा अतिरञ्जित गरिएको दाबी गरे । उनले एनपीएलको आगामी संस्करण निरन्तरताको पक्षमा कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको बताए । ‘गलत प्रचारले क्रिकेटप्रेमी, खेलाडी र टिमको मनोबल कमजोर बनाउँछ। त्यसैले यस्ता गलत प्रचार नगर्न सबैमा अनुरोध गर्छु,’ उनले भने । साथै, खेलकुद सङ्घ र महासङ्घको आर्थिक तथा प्रशासनिक गतिविधि पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend