Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • यस्तो छ राष्ट्र बैंकले ल्याएको २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)


    शुक्रबार, असार २७ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा। विश्वनाथ पौडेलले आज(शुक्रबार) आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

    नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाइएको छ। हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा। पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्‍याएका हुन्।

    त्यसैगरी राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरवलोकन गर्ने भएको छ। कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख छ।

    यस्तै आवासीय घरकर्जाको सीमा २ करोडबाट ३ करोड पुर्‍याइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार