Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग सहमतिपछि महासंघले तोक्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, असार २७ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलनका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले सरकारसँग सहमति भएपछि आज भने मूल्यसूची निर्धारण गरेको हो ।

    महासंघका अनुसार आज(शुक्रबार) छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ । असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

    विलासिता करको विरोधमा व्यवसाय नै बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका थिए । तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार