काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताउनुभएको छ । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।”
तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उहाँको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार आज विभाजनको अवस्थामा पीडा भोग्नु परेको बताउँदै उहाँले अब पुनः पार्टीलाई जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विगतमा आफूहरुले पार्टी बनाउन १३ वर्ष सङ्घर्ष गरेको बताउँदै उपाध्यक्ष गौतमले अब जति वर्ष समय खर्च भए पनि मिलाएरै छाड्ने उहाँले जिकिर गर्नुभयो ।
नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेका उहाँले आरोप लगाउनुभयो । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नौँ’ र अर्काे थरीका नेता ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’, भनेर हिँड्नु उचित नभएको गौतमले तर्क गर्नुभयो ।
दुई पार्टी मिलेर नेकपा एकृकीत भएपछि गरिएको निर्वाचनमा आफूहरुले रु ४२ लाख मत प्राप्त गरेको र नेपाली कांग्रेले एकलरुपमा ३० लाख मत प्राप्त गरेको बताउँदै नेता गौतमले अब निर्वाचनमा जाँदा आफूहरुले पराजय हासिल गर्ने विचार राख्नुभयो । जनताको साथ लिएर समाजवादको बाटो निर्माण गर्न आफू लागिपर्ने तर्क गर्दै उहाँले प्रधानमन्त्री ओली र नेता दाहालका केही नजिकका व्यक्तिबाहेक अरु जनता एकताका पक्षमा रहेका आफूले बुझेको उपाध्यक्ष गौतमले अवधारणा व्यक्त गर्नुभयो । अब नेकपा जुटाउन नयाँ व्यक्ति नेतृत्वमा आउने र आफू पनि यस काम पूर्ण गराउन नथाक्ने उहाँले बताउनुभयो ।
आज भोलि नेकपा पार्टीभित्र भएको आरोपप्रत्यारोपका कारण जताततै गालीगलौज र आलोचना मात्रै सुनिने गरेको उहाँले गुनासो गर्नुभयो । नेकपा पार्टीभित्र सबै शीर्ष नेतासँगै बसेर एक कप चिया खाने र नमस्कार गर्ने वातावरणसमेत हराइरहेको भनी उपाध्यक्ष गौतमले यस नगर्न अनुरोध गर्नुभयो ।
एकताको अभियान सफल बनाउन जनताको साथ अति नै आवश्यक रहने बताउँदै उहाँले सबै जनताले साथ दिने विश्वास लिएको भनाइ राख्नुभयो । हाल पहिलो पुस्ताका नेता पार्टीमा फुटे पनि दोस्रो र तेस्रो पुस्ताका नेतालाई एकजुट भएर अघि बढ्न उहाँले सुझाव दिनुभयो । उहाँले पुनःथप्नुभयो, “यदि आउँदो वैशाख १७ र २७ गते निर्वाचन भयो भने नेकपाको भोट नेकपाभित्रै हाल्न सबै कार्यकर्तालाई अनुरोध गर्दछु ।” आफ्नो भित्री धारणा संसद् पुनःस्थापना होस भन्ने रहेको नेता गौतमले कार्यक्रममा सबैमाझ जानकारी गराउनुभयो ।
यसैगरी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुलीले पार्टी विभाजन भएर चुनावमा गए जनतालाई मतदान बहिष्कार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी विभाजनको यस चरणमा हामीले एकताबद्ध भएर अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई मित्रतापूर्ण सुझाव र अभिव्यक्ति दिनुपर्छ ।”
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend