Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुस्सुका कारण सुकेटार विमानस्थलमा जहाज अवतरण असफल, पुनः काठमाडौँ फर्कियो


    शुक्रबार, असार २७ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ ।

    नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो ।

    हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ ।

    बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको बताइएको छ ।

    काठमाडौँदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात जना यात्रुले बोडिङ पास लिएर घण्टौँसम्म प्रतीक्षामा बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार