Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध


    शुक्रबार, असार २७ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

    गुल्मीको कालीगण्डकी गाउँपालिका-६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    सडकमाथिबाट ठूलो चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

    तर अहिले पनि निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउन असम्भव देखिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार