Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व पौडेल गभर्नर बनेपछि आज पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक


    शुक्रबार, असार २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ। शुक्रबार दिउँसो साढे १ बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

    यो मौद्रिक नीति प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको गभर्नरको कार्यभार सम्हालेपछि ल्याउन लागेको पहिलो नीति हो।

    यसका लागि पौडेलले बिहीबार राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर छलफल गरेका छन्। राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिपछि गर्भनर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हुन्।

    आज राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिलाई समग्र आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था र सेयर बजारका सहभागीले चासोका साथ हेरेका छन्।

    अर्थतन्त्रको गति बढाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि कार्यशील पूँजी कर्जा विस्तार, ब्याज जरिवानामा सहुलियत, लघुवित्त ऋणीहरूलाई राहत दिनेसहितका व्यवस्था यसपटकको मौद्रिक नीतिमा समेटिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार