Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोटेकोशी बाढीले विस्थापित ४८५ जनाको उद्धार


    बिहिबार, असार २६ २०८२
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ।

    असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडक खण्ड सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।

    बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

    भोटेकोशी नदीमाआ एको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालसम्म चार जनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुन सकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

    तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिदा रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल-चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल-चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत्समेत अवरुद्ध छ।

    उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारण समेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिक एक जना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार