Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिशूली नदी किनारामा भेटियो एक पुरुषको शव


    बिहिबार, असार २६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५/५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो ।

    केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ ।

    नदी किनारामा फेला परेको शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार