Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध


    बिहिबार, असार २६ २०८२
    895
    Shares
    People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

    अध्यागमन कार्यालयले जारी गरेको सूचनाअनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको हो।

    यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ।

    त्यस्तै, कुनै समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अन्य पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो।

    अध्यागमन कार्यालयले यी नियमहरूको पालना गरी प्रक्रियालाई सहज बनाउन सबैमा अनुरोध गरेको छ। नियम उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार