नयाँदिल्ल । भारतको गुजरातमा पुल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
एनडीआरएफको खोजी अभियानमा आज बिहान दुईवटा शव फेला परेका छन् । सोही क्रममा चार जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रमेशभाई (बुवा), नैतिक (छोरां) र वेदिका (छोरी) भावनगरको बगदाना जाँदै थिए। तीनै जनाको आजै अन्तिम संस्कार गरिएको छ ।
वडोदराको महिसागर नदीमा बनेको पुल बुधबार बिहान भाँचिएको हो । पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए । त्यही क्रममा एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको थियो । नदीमा डुबेका ८ जनाको स्थानीयले उद्धार गरेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्छ। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता सहरबाट सौराष्ट्र पुग्न अझै समय लाग्ने छ । अब यसका लागि अहमदाबाद हुँदै जानुपर्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा शोक व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend