Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पर्कमा आए थबाङ गाउँपालिकाका कार्यकारी प्रमुखसहित सातैजना कर्मचारी


    बिहिबार, असार २६ २०८२
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रोल्पा । तीन दिनदेखि सम्पर्कविहीन रहेका थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् ।

    उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

    उनीहरु सबै सकुसल रहेको थबाङ फर्कँदै गरेको जानकारी गराएको अध्यक्ष बुढामगरले बताए । उनले भने, ‘उहाँहरु आज बिहानै सम्पर्कमा आउनुभएको छ । सबैजना सकुसल हुनुहुन्छ । उहाँहरुले थबाङ फर्कँदैछन् ।

    थबाङ गाउँपालिकाका यी कर्मचारी यही असार २४ गते रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।

    सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए ।

    थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार