काठमाडौं । अविरल वर्षापछि आएको बाढीमा फसेका ८ जनाको उद्धार गरिएको छ। कैलालीको गोदावरी नगरपालिका ४ स्थित गोदावरी नदीको बिच टापुमा फसेका ६ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा उद्धार गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय बिर सार्की र बेदकोट नगरपालिका ७ का २८ वर्षीय अब्दुल सार्कीलाई उद्धार गरिएको हो।
डडेल्धुराको परशुराम नगरपालिका ७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको सशस्त्र प्रहरीले सफल उद्धार गरेको छ।
अत्यधिक वर्षाका कारण खोलामा एक्कासी बाढी आउँदा १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच भागमा अड्किएका थिए। गाईबाख्रा चराउन गएका बेला उनीहरू खोलाको बीच भागमै बाढीले घेरेर फसेका थिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend