Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा


    बुधबार, असार २५ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    अख्तियारले आज (बुधबार) गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौ तह) झलक शर्मा पौडेलले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

    सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले उननिजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुरमा बिगो ६,२६,९३,१२९.८२ रुपैयाँ कायम गरी मुद्धा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार