Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • म्याग्दीमा पहिरोले पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता


    बुधबार, असार २५ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो ।

    बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार