काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवागढी बाढीको क्षतिका बारेमा जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा जानकारी गराएका हुन ।
‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको छ,’ उनले संसदमा भने ।
उनका अनुसार रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको परेको पनि जानकारी दिए । जसअनुसार नुवाकोटस्थित विदुरमा त्रिशूली नदीमा दायाँ खुट्टा नभएको पुरुष र वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको उनले जनाए ।
भरतपुर, चितवनमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको जनाउँदै उनले भने, ‘मितेरी पुल बगाएकाले आवतजावत पूर्ण रुपमा बन्द भएको छ, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ’, मन्त्री लेखकले संसदमा भने, ‘सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सार २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको छ ।’ उनका अनुसार रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको अवस्था छ भने संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको र सो क्रममा ३० जनाको हवाई उद्धार गरिएको छ ।
अब पुनर्निमार्णका लागि सरकारले भौतिक क्षतिको बिवरण संकलन गरे पछि सुरू हुने उनले जानकारी गराए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend