Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधसभाको कार्यसूचीबाट हटाइयो भूमि विधेयक


    बुधबार, असार २५ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीबाट भूमि विधेयक पारित गर्ने भनिए पनि अहिले त्यसलाई हटाइएको छ। यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा राखिएको उक्त विधेयक हटाइएको हो ।

    विधेयकबारे सत्ता साझेदार दल नेपाली कांग्रेसले नै विरोध जनाएपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ। आजको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि पेस गर्ने संभावित कार्यसूची थियो।

    यसबारे कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले बुधबार बिहानै भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन माग गरेका थिए।

    शर्माले विधेयक संशोधन गर्नै बा‍ँकी रहेको र यसका लागि सबैको सहमति चाहिने भन्दै आजको कार्यसूचीबाट हटाउन भनेका थिए। उनले विधेयकलाई छलफलका लागि पठाउन पनि भनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार