Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुमतिविना चिनियाँ भूमिमा जाँदा रोकिएको सेनाको हेलिकप्टर फर्कियो


    बुधबार, असार २५ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवास्थित भोटेकोसीमा फसेका बाढी प्रभावितलाई उद्धार गर्ने क्रममा चिनियाँ भूमिमा रोकिएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

    बुधबार सेनाको सानो हेलिकप्टर चिनियाँ भूमिमै रोकिएको थियो। सेनाले सामान्य प्राविधिक समस्या आएको दाबी गरे पनि चिनियाँ भूमिमा अनुमतिविना जाँदा रोकिएको स्थानीय सुरक्षा स्रोतले जानकारी दिएको छ।

    नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले हेलिकप्टर बुधबार बिहानै फर्किसकेको बताए। फर्किएपछि उक्त हेलिकप्टर रसुवास्थित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो।

    प्रभावित क्षेत्रमा अवरुद्ध सडक मर्मतको काम नेपाली सेनाले बुधबार बिहानैबाट सुरु गरिसकेको छ। हेलिकप्टरबाट प्रभावित क्षेत्रमा रेकी गर्ने काम पनि भइरहेको सहायक रथी बस्नेतले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार