काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ ।
सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांग्रेसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।
यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेस केन्द्रीय समितिको मङ्गलबारको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
यसैगरी आगामी फागुन ३ गते कांग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तथा जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाले यी कार्यक्रमलाई असर नपर्ने गरी अन्य थप कार्यक्रमसमेत आयोजना गर्न सक्ने बैठकको निर्णय छ ।
केही सञ्चारमाध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भनी भ्रमपूर्ण समाचार प्रकाशन भएकामा कांग्रेसले आज प्रेस नोट प्रकाशन गरी त्यसलाई स्पष्ट पारेको छ । रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend