Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीपहिरोका कारण यी १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध


    बुधबार, असार २५ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाढीपहिरोका कारण अहिले मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्ति लोकपथसहितका सडक बाढी पहिरोको कारण अवरुद्ध भएका हुन्।

    वर्षा सुरु भएसँगै विभिन्न स्थानमा आएको बाढी पहिरोको कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।

    बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्। पहिरो पन्छाएपछि यी सडकमा एकतर्फी गाडी चल्न थालेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार