Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक


    बुधबार, असार २५ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लमजुङ र मनाङ जोड्ने बेँसी सहर-चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।

    प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार वर्षातका कारण सवारी दुर्घटनाको जोखिम रहेकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। चामे नजिकैको कोतोबाट साढे ४ बजेपछि बेँसी सहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार