Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिब्बतमा भारी वर्षा: भोटेकोशी र सुनकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह


    मंगलबार, असार २४ २०८२
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तिब्बत क्षेत्रमा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको बताएका छन् ।

    प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।’

    गएराति रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार