काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुनस् थप गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ ।
सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो ।
‘असारमा क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन ।’
नेताहरुका अनुसार हालसम्म पूर्व निर्धारित समय अनुसार नवीकरणको काम सक्ने जिल्ला न्यून छन् । क्रियाशील सदस्यता नवीकरणको कार्य सक्ने पहिलो जिल्ला गोरखा भएको छ भने प्रतिनिधि सभा क्षेत्रतर्फ काठमाडौं–४ पहिलो बनेको छ ।
कांग्रेस विधान अनुसार महाधिवेशन हुने वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend