काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।
हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् ।
चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए । गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend