Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह


    मंगलबार, असार २४ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    मंगलवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।

    ‘त्रिशुली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन् । जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ । विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौँ । आफू सुरक्षित होउँ, अरूलाई पनि सुरक्षित राखौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    प्रधानमन्त्री ओलीले विपत् व्यवस्थापन कार्यालयले दिएका सम्पर्क नम्बरहरू, सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गरेका छन्। गए राती आएको बाढीले रसुवामा ठूलो क्षति गरेको छ। केही मानिस बाढीमा बगेको अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार