Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेप तस्कर चालिसे कोकिनसहित पक्राउ, छुटाउन चलखेल


    मंगलबार, असार २४ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । चीनबाट भन्सारछली गरी इलेक्ट्रिक सिगरेट(भेप)को आयात गरी नेपाल हुँदै भारत तस्करी गर्ने दिनेश चालिसे लागूऔषधसहित ज्ञानेश्वरको एक होटलबाट पक्राउ परेका छन् ।

    चालिसेसहित ५ जनालाई काठमाडौं प्रहरी परिसरले आइतबार पक्राउ गरेको हो । ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थसहित पक्राउ परेका चालिसे हाइप्रोफाइल ब्यापारी भएकाले उनलाई छुटाउन उनका दाजु दिपेश चालिसे लागेका छन् ।

    प्रहरीका दुई अधिकृतसँग घनिष्ठ सम्बन्ध भएका चालिसेलाई मंगलबार नै अदालतमा बुझाएर छुटाउनेगरी दिपेशले सेटिङ मिलाएको स्रोत बताउँछ । प्रहरी अधिकृतसँगको सम्बन्धकै कारण आइतबार पक्राउ परेका उनलाई सोमबार बिरामी भएको अस्पतालको सिफारिस बनाएर ह्याम्स अस्पतालमा भर्ना गराउन लगिएको थियो । तर विवादमा पर्ने डरले अस्पताल लगिएका चालिसेलाई बाटैबाट फर्काइएको छ ।

    चालिसेसँग पक्राउ पर्नेहरुमा नवलपरासी घर भएका ३७ बर्षीय सतेन्द्रबहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ बर्षीया आयुषा श्रेष्ठ, सप्तरी घर भएका ३२ बर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारी छन् ।

    उनीहरूको साथबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबिरुद्ध १० दिनको म्याद लिएर प्रहरी अनुसन्धान गरिरहेको छ ।
    ज्ञानेश्वरमा रहेको भगवती इन होटलको तेस्रो तलाबाट आइतबार मालीगाउँ प्रहरी बृत्तको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार