काठमाडौैं । चीनबाट भन्सारछली गरी इलेक्ट्रिक सिगरेट(भेप)को आयात गरी नेपाल हुँदै भारत तस्करी गर्ने दिनेश चालिसे लागूऔषधसहित ज्ञानेश्वरको एक होटलबाट पक्राउ परेका छन् ।
चालिसेसहित ५ जनालाई काठमाडौं प्रहरी परिसरले आइतबार पक्राउ गरेको हो । ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थसहित पक्राउ परेका चालिसे हाइप्रोफाइल ब्यापारी भएकाले उनलाई छुटाउन उनका दाजु दिपेश चालिसे लागेका छन् ।
प्रहरीका दुई अधिकृतसँग घनिष्ठ सम्बन्ध भएका चालिसेलाई मंगलबार नै अदालतमा बुझाएर छुटाउनेगरी दिपेशले सेटिङ मिलाएको स्रोत बताउँछ । प्रहरी अधिकृतसँगको सम्बन्धकै कारण आइतबार पक्राउ परेका उनलाई सोमबार बिरामी भएको अस्पतालको सिफारिस बनाएर ह्याम्स अस्पतालमा भर्ना गराउन लगिएको थियो । तर विवादमा पर्ने डरले अस्पताल लगिएका चालिसेलाई बाटैबाट फर्काइएको छ ।
चालिसेसँग पक्राउ पर्नेहरुमा नवलपरासी घर भएका ३७ बर्षीय सतेन्द्रबहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ बर्षीया आयुषा श्रेष्ठ, सप्तरी घर भएका ३२ बर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारी छन् ।
उनीहरूको साथबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबिरुद्ध १० दिनको म्याद लिएर प्रहरी अनुसन्धान गरिरहेको छ ।
ज्ञानेश्वरमा रहेको भगवती इन होटलको तेस्रो तलाबाट आइतबार मालीगाउँ प्रहरी बृत्तको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend