Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाह्य सहयोगले होइन, आफ्नै पौरखले देशको विकास हुन्छ: प्रधानमन्त्री


    सोमबार, असार २३ २०८२
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् ।

    सोमबार काठमाडौँमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताएका हुन् ।

    ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन्’ उनले भने, ‘काम गर्ने जाति हो भनेर स्थापित छन् । अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो ।’

    नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अरूले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने तर्क गरेका छन् ।

    ‘चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ’ उनले भने, ‘आफैँ खाने बाहेक अरूले खुवाइदिन त सम्भव नै छैन । आफ्नो बन्दोबस्त आफूले गर्ने बाहेक अरु कुनैले बन्दोबस्त गर्ने सम्भावना नै छैन ।’

    उनले थपे, ‘त्यस्तो देशले विकास कसरी गर्‍यो त रु बाह्य सहयोगले मात्रै विकास हुने होइन, आफ्नै पौरखले विकास हुने हो खासमा तर हाम्रो देश विकास हुँदैन । यस्तो भूगोल छ ।’

    प्रधानमन्त्री ओलीले नेपालमा केही विपरीत कुराहरू भइरहेको जिकिर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार