Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसदमा आज पनि रास्वपा र राप्रपाको विरोध, आफ्नो कुरा राखेर बाहिरिए सांसद


    सोमबार, असार २३ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर दुइ दल संसदबाट बाहिरिएका छन् ।

    प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाउँदै आफ्नो कुरा राखेर संसदबाट बाहिरिएका हुन् ।

    प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिषा प्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखेका छन् ।

    उता, जबर्जस्ती संसद चलाएको भन्दै यो तरिका रोक्नका लागि राप्रपाको सांसद दिपकबहादुर सिंहले धारणा राखेका थिए । भिजिट भिषा प्रकरणले देशको बदनाम गरेको उनको तर्क रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार