सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफू फरार भएको भन्दै आएका समाचारहरूलाई अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले आफूमाथि आएका आरोपहरू निराधार रहेको बताएका छन् ।
‘जय मधेस’ को अभिवादनसहित सार्वजनिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘म कुनै अपराधी होइन । मैले सदैव शोषित, पीडित, विपन्न तथा निमुखा जनताको पक्षमा आवाज उठाउँदै आएको छु । जिल्लामा व्याप्त बेतिथि, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध बोल्नु अपराध हो भने म सयौं मुद्दा झेल्न तयार छु ।’
उनले आफू फरार नभएको दाबी गर्दै इतिहासमै आफू मधेस र मधेसीको हकअधिकारका लागि लड्दै आएको बताएका छन् । ‘म कहिल्यै डराएको छैन, न त डराउने स्वभावको छु,’ उनले भनेका छन्, ‘इतिहास साक्षी छ, मधेस र मधेसीका लागि ज्यानको प्रवाह कहिल्यै गरेको छैन ।’
यादवले आफ्नो घरमा प्रहरी आक्रमण भएको दाबीसमेत गरेका छन् । उनका अनुसार प्रहरी टोलीले राति १२ बजे डाकाजस्तो शैलीमा घरमा छापा मारी उनका छोरालाई कुटपिट गरेको हो । उनले भनेका छन्, ‘मेरो छोराको गर्दनको नस चुँडिएको छ। त्यसपछि गाउँलेहरूले ढुंगामुढा गरेर प्रहरीलाई भगाएका थिए ।’
हाल उनी आफ्ना छोराको उपचारका लागि बाहिर रहेको भन्दै मिडियालाई अनावश्यक समाचार नफैलाउन आग्रह गरेका छन् । उनले स्पष्ट पारेका छन्, ‘मैले कुनै अपराध गरेको छैन । म मधेसको सिपाही थिएँ, छु र रहनेछु ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend