Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • आज पनि पारित भएन शिक्षा विधेयक, ५ दिनको समय थप


    आइतबार, असार २२ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज (आइतबार) पारित गर्ने भनिएको शिक्षा विधेयकका लागि समितिले सरकारलाई थप ५ दिन उपलब्ध गराएको छ। समिति समापति अम्मरबहादुर थापाले सदस्यहरूलाई आजको बैठकबाट विधेयक पास गर्ने तय भएको सूचना दिएर बैठक डाकेका थिए।

    तर शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले ५ दिनको समय दिएको थापाले जानकारी दिए। अधिकांश समितिका सदस्य सांसदहरूले भने आजै पास गर्नुपर्ने माग राखेका थिए।

    अस्थायी शिक्षक, ईसीडी शिक्षकलगायतको विषयमा समितिमा सहमति जुट्न सकेको छैन। नेपाल शिक्षक महासंघले पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार