Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक २.४० अंकले बढेर २७०६ अंकमा


    आइतबार, असार २२ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो ।

    आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो ।

    अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स २.४९ प्रतिशत बढ्यो । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार