काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन्।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन्।
उनले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताए। सांसद सिंहले भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धान हुनुपर्ने बताए।
‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ। विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ । विदेशीको ऋण लिन्छौं भने त्यसबाट इन्कम हुनुपर्यो। ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौं,ु उनले भने।
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने बताए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend