Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता


    शुक्रबार, असार २० २०८२
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई उनी आज स्वदे फर्केका हुन् ।

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे।

    त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख पुगेका थिए।

    ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् ९एफएफडी–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी यही असोज १४ गते त्यसतर्फ गएका थिए।

    स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरे। त्यसक्रममा प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार