Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते


    शुक्रबार, असार २० २०८२
    875
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्युको भएको छ भने ४ जना घाइते भएका छन्।

    आज (शुक्रबार) अपराह्न ३ बजेतिर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहँदा एक्कासि चट्याङ परेर सुर्खेत भेरीगंगा न.पा.८ कुइरे बस्ने २७ वर्षका डिल बहादुर शाही, सोही स्थानमा बस्ने १७ वर्षका पर्बत बिक, १९ वर्षका हुम बहादुर थापा, १८ वर्षका नबिन बिक र ३० वर्षकी सुनिता गिरी घाइते भएका थिए।

    घटना थाहा पाउनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा टोली खटिएको थियो।

    उनको कमाण्डमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा ५ जनाको प्रहरी टोली खटेर उपचारको लागि घाइतेलाई मेहेलकुना अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज शाहीले जानकारी दिए।

    उनका अनुसार घाइतेमध्ये डिल बहादुरको उपचारको क्रममा मृत्यु भएको र बाँकी अवस्था सामान्य छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार